दमक, २४ जेठ । पूर्व सभासद् तथा समाजसेवी डा गोपालप्रसाद कोइरालाको निधन भएको छ । गएराति विराटनगरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो । भोजपुरमा जन्मनुभएका डा कोइराला २०२८ सालदेखि दमकमा स्थायी बसोबास गर्दै आउनुभएको थियो ।
दमकलाई कर्मथलो बनाई चिकित्सा सेवाबाट जीवन सुरु गरी निष्ठाको राजनीतिक छवि बनाउनुभएका डा कोइराला नेपाली काँग्रेसबाट २०५६ सालको उपनिर्वाचनमा झापा क्षेत्र नं ६ बाट व्यवस्थापिका–संसद्मा निर्वाचित हुनुभएको थियो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ । रासस












प्रतिक्रिया