२७ कार्तिक २०८३, शुक्रबार

बर्दियाको गुलरियाको एक घरमा आगलागी, ४ जनाको ज्यान गयो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बर्दिया, ९ मंसिर । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, १० वर्षीय मानसिङ बुढा, ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ । आगलागीमा परेर २८ वर्षीया करिस्मा चन्द घाइते भएकी छन्।

राति करिब १० बजे आगलागी भएको खबर स्थानियले प्रहरीलाई जानकारी गाएका थिए । आगलागीको घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।