२७ कार्तिक २०८३, शुक्रबार

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्ने: उपाध्यक्ष शाक्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताएकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुक्रबार यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उनले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन् । “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,”– उनले भनिन् “संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।”

नेकपा एमालेकी स्थायी समिति सदस्य विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले लिङ्गभेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिइन् ।