काठमाडौं । सुन्दर देखिन हिरोइनहरु विभिन्न प्रकारका कस्मेटिक सामाग्रीहरु प्रयोग गर्छन् । जून शरीरका लागि हानिकारक छ ।
त्यही कस्मेटिक साम्रगीको प्रयोगबाट विरामी परेकी एक हिरोइनको आइतबार मृत्यु भएको छ ।
मोटोपन र फोक्सोको समस्याबाट ग्रसित भारतको तेलुगु फिल्मकी ३१ वर्षीय हिरोइन आरती अग्रवालको हृदयाघातबाट आज न्यूजर्सीको प्राइवेट अस्पतालमा निधन भएको हो ।
मोटोपनका कारण उनी केही समयदेखि विरामी थिईन । उनको चलचित्र ‘रनम २’ को रिलिज यही शुक्रबार जेठ २२ गते भएको थियो । उनको उमेर मात्र ३१ वर्ष भएको थियो ।
उनले २००१ देखि फिल्म खेल्न सुरु गरेकी थिईन् । करिब ७ वर्षदेखि उनी दक्षिण भारतीय फिल्ममा काम गर्दै आइरहेकी थिईन् ।















प्रतिक्रिया