
काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंका समर्थक पक्राउ परेका छन् ।
आन्दोलनका लागि तीनकुनेमा आएका सातजना समर्थकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन् ।
प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो । अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ ।
यता प्रसाईंलाई भने प्रहरीले घरमै निगरानीमा राखेको छ । उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ ।











प्रतिक्रिया