
काठमाडौं, ८ मंसिर । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका पाँच जना पक्राउ परेका छन् ।
बिहीबारको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का रहेका छन् ।
बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीका अुनसार अन्यको खोजी भइरहेको छ ।











प्रतिक्रिया