२९ आश्विन २०८३, बिहिबार

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messiकाठमाडौं, २४ जेठ । स्पेनिस ला लिगामा च्याम्पियन बनेको बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

इटालियन क्लब युभेन्टसलाई ३–१ गोलले पराजित गर्दै स्पेनिस च्याम्पियन बार्सिलोनाले ६ वर्षको अन्तरालमा तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

शनिबार राति बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको हो ।

खेलको सुरुवाती देखिनै बोलियो देखिएकोे बार्सिलोनाका लागि खेलको चौंथो मिनेटमा नै इभान र्याकिटिचले गोल गरे ।

लगत्तै युभेन्टसका भेटरान गोलकिपर जियानलुइजी बुफोनले उत्कृष्ट बचाउ गर्दै युभेन्टसलाई खेलमा कायम राखे । दोस्रो हाफमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई खेलमा बराबरीमा ल्याए ।

barsa

त्यसपछि लुइस सुवारेजले बुफोनको गल्तीको फाइदा उठाउँदै खेलको ६८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

बार्सिलोनाका लागि आफनो अन्तिम खेलमा ज्याभी हर्नान्डेज च्याम्पियन्स लिगको उपाधिसहित बिदा भएका छन् ।

Barsa-1

उता, युभेन्टस भने ६ वटा फाइनल हार्ने पहिलो टोली बनेको छ । उसले दुई पटक उक्त उपाधिमाथि कब्जा जमाएको थियो । उपाधिसँगै बार्सिलोना यसवर्षको उत्कृष्ठ टिम बनेको छ ।

फिफाले बार्सिलोनालाई उत्कृष्ठ टिमको दर्जा दिएको हो । यसअघि बार्सिलोनाले स्पेनिस ला लिगाको यो सिजनको उपाधि पनि जितेको थियो । च्याम्पियन लिगको फाइनल खेलमा मेस्सीले गोल गर्ने मौका पाएनन् ।