२७ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।  बिहीबार प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयकाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ । उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय अपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ ।