६ कार्तिक २०८३, शुक्रबार

हानिकारक तेल बिक्रीवितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilधादिङ, २४ जेठ । सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ ।
खाद्य प्रविधि तथ गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानव स्वास्थ्यका लागि हानिकारक जनाई प्रयोग नगर्न भने पनि बजारमा बिक्री भइरहेको छ ।

अखाद्य खानेतेल बिक्रीवितरण भइरहेका अवस्थामा सदरमुकाममा फेला परेको उपभोक्ताले जानकारी दिएका छन् ।

उपभोक्ता संरक्षण ऐनमा गुणस्तरहीन उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई रु ५० हजार जरिवाना र दुई वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

यस्ता उत्पादनले कसैको ज्यान गएमा उद्योगीलाई रु पाँच लाख जरिवाना वा १४ वर्ष कैद हुने व्यवस्था छ ।

यस्ता तेलको सेवनबाट झाडापखाला, टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्न सक्ने भएकाले सचेत रहन वाणिज्य विभागले सबैलाई अनुरोध गरेको छ ।