काठमाडौं, २४ जेठ । भारतको तमिलनाडु राज्यमा नेपाली ब्रान्डको वाइवाई एक्सप्रेस चाउचाउ बिक्रीमा प्रतिबन्ध लागेको छ ।
तमिलनाडु राज्य सरकारले नेस्ट्ले ब्रान्डको म्यामीसँगै वाइवाई एक्सप्रेस, रिलायन्स सेलेक्ट र स्मिथ एन्ड जोन्स चिकेन मसला चाउचाउमा प्रतिबन्ध लगाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तमिलनाडुको खाद्य सुरक्षा विभागले चारवटै चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा रोक लगाएको हो ।
मुख्यमन्त्री जयसललिताको निर्देशनमा विभागले उत्पादक कम्पनीलाई मौज्दात चाउचाउसमेत बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।
ती चाउचाउमा अखाद्य वस्तु भेटिएको भन्दै फर्ता लैजान निर्देशन दिएको छ । वरिष्ठ खाद्य प्राविधिक प्रमोद कोइरालाले चाउचाउमा पाइएको सिसा (लिड) एक प्रकारको धातु भएको र त्यसले स्नायुमा असर गर्ने बताए ।
प्रतिबन्धित चाउचाउमा लिड मात्रै होइन, मानव स्वाथ्यमा हानिकारक अन्य तत्वसमेत भेटिएका छन् ।
चिकित्सकहरुका अनुसार लामो समय यस्तो तत्वको प्रयोगले मिर्गौला र मस्तिष्कमा असर पर्छ ।















प्रतिक्रिया