३ कार्तिक २०८३, मंगलबार

धान चोरी गरेका १५ वमपन्थी नेताको सजाय ३४ वर्षपछि माफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan Rice Nepalकाठमाडौं, २४ जेठ । ३४ वर्षअगाडि उनीहरुलाई सर्वसाधारणका धान चोरी, ज्यान मार्ने उद्योग, आगो लगाएकोजस्ता मुद्दामा कैद सजाय र रकम जरिबाना गरिएको थियो ।

यिनै १५ वामपन्थी कार्यकर्तालाई मन्त्रिपरिषद्को जेठ २२ को बैठकले आममाफी दिने निर्णय गरेको छ ।

सत्तारुढ एमालेले गृह मन्त्रालयलाई पत्र लेखी इलामका वर्तमान र पूर्ववामपन्थी कार्यकर्ताहरुलाई ३४ वर्षअघि लागेको फौजदारी मुद्दामा भइसकेको सजाय माफ गरिदिन अहिले आएर आग्रह गरेपछि प्रक्रिया अघि बढेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पार्टीको पत्रलाई नै उल्लेख गर्दै एमाले उपाध्यक्ष उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जेठ २२ गते शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पञ्चायती शासनमा अदालतले सजय दिएका १३ लाई कैद तथा जरिबाना माफगर्ने प्रस्ताव लगे ।

मन्त्रिपरिषद्मा प्रश्न उठ्यो –किन आयो यत्तिका वर्षपछि माफीको प्रस्ताव ? जवाफमा एमाले मन्त्रिहरुले तर्क गरे,‘त्यतिबेला छुटेछ, पञ्चायत कालमा अन्य दलका नेताकार्यकर्तामाथि लागेका फौजदारी मुद्दा छन् भने पनि माफ गर्नुपर्छ ।’