३ कार्तिक २०८३, मंगलबार

साना कर्मचारी र सवारी चालकलाई पारिश्रमिक दिनुपर्दैन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौं, २४ जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा अतिरिक्त खटिएका साना कर्मचारी तथा सवारीचालकले अहिलेसम्म आफ्नो पारिश्रमिक पाएका छैनन् ।

सेना, प्रहरी, सशस्त्र प्रहरी र उच्चओहोदाकाले त्यस्तो रकम विभिन्न च्यानलमार्फत लिएको भए पनि सवारीचालक तथा कार्यालय सहायक र साना कर्मचारीले भने अहिलेसम्म त्यस्तो रकम पाएका छैनन् ।

उनीहरूलाई सार्क शिखर सम्मेलन आरम्भ हुनु अगावै देखि त्यस्तो काममा बोलाइएको कान्तिपुर दैनिकले छापेको छ ।

उक्त कार्यबापत खाजा तथा खाना भत्ताको रुपका छुट्टै रकम दिइने भनिए पनि उक्त रकम सरकारले नदिएको गुनासो लिएर दैनिक जसो कर्मचारी प्रशासन प्रमुखकोमा पुग्ने गरेको भए पनि परराष्ट्रमन्त्रालयले अर्थको कारण रोकिएको भन्दै पन्छाउने गरेका छन् ।

यो बीचमा त्यस्ता केही सवारी चालकले भने जागिर समेत छोडि सकेको अवस्थामा पनि सम्वन्धीत निकायले यसमा ध्यान पुर्‍याउन नसकेको बताए ।

पहिला योजना नल्याएको तर अहिले भने रकम माग गरेको कारण रोकिएको अर्थको धारणा छ ।

उनीहरूको लागि दिएको रकम अन्य क्षेत्रमा खर्च गरेको र थप रकम निकासा माग गरेको कारण अर्थले वेवास्ता गरेको हो ।