९ कार्तिक २०८३, सोमबार

प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले सतर्कता अपनाउन जरुरी : राष्ट्रपति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताएका छन् ।

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था, इफाप्काको ४६औँ सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताएका हुन् ।

हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताए । जलवायु परिवर्तनले विश्वमा नै समस्या पैदा गरिरहेको अवस्थामा यस एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न राष्ट्रपतिले आग्रह गरे । इफाप्काको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ९ गते सम्म चल्नेछ ।

सम्मेलनमा स्वदेशका १ सय २८ र विदेशका २ सय ४२ गरि ४ सय प्रतिनिधिहरूसहभागी छन् ।