काठमाडौं, २४ जेठ । वैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् ।
वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार (२३ जेठ) सम्म ४ रेक्टर स्केलभन्दा माथिका ३ सय २ वटा पराकम्प गएका छन् ।
३ सय २ मध्ये ६ रेक्टर भन्दा माथिका ४ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
६ रेक्टरमाथिका पराकम्प गोरखा र दोलखारसिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका थिए । तीनले थप क्षति निम्त्याए ।
४३ दिनमा सबभन्दा बढी दोलखा केन्द्रविन्दु बनाएर पराकम्पन गएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रे र काठमाडौंमा पनि बढी केन्द्रविन्दु बनेर पराकम्प गएको जानकारी भट्टराईले दिए ।















प्रतिक्रिया