९ कार्तिक २०८३, सोमबार

माइतीघरबाट नयाँ बानेश्वरसम्म निषेधाज्ञाको निर्णयविरूद्वको रिट न्यायाधीश सुवेदीको इजलासमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज हुँदैछ ।

रिटको सुनुवाई न्यायाधीस नहकुल सुवेदीको इजलासमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो मंसिर महिनाभर माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले मंगलबार रिट दायर गरेका हुन् ।