९ कार्तिक २०८३, सोमबार

मध्यरातमा महिलाहरू लखेटिएको घटनामा के भन्छन् युवा संघका ईन्चार्ज बस्नेत ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । मध्यरातमा भक्तपुरस्थित एक पार्टी प्यालेसबाट दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन आएका महिलालाई लखेटिएको घटनामा युवा संघका ईन्चार्ज महेश बस्नेतले मुख खोलेका छन् ।

बस्नेतले घटनामा युवा संघको संलग्नताको खण्डन गर्दै अन्यथा प्रचार गर्न खाजेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै बस्नेतले प्रसाईंले सर्वसाधारण र महिलालाई काठमाडौंमा खुला दिसा पिसाब गराउन हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न आग्रह गरेकामा युवा संघलाई जोडेर अन्यथा प्रचार गरिएको बताएका हुन् ।

लखेटिएका महिलाहरूलाई प्रहरीको समन्वयमा युवा संघले नै बास बस्ने व्यवस्था मिलाएकोसमेत बस्नेतले जानकारी दिएका छन् ।