काठमाडौं, २४ जेठ । अवैध सुन र स्रोत नखुलेको करोडौं मुद्रासहित फक्राउ परेका तस्करलाई सरकारी वकीलको कार्यालयले उन्मुक्ति दिएको छ ।
दसी, प्रमाणसहित संगठित उपराध मुद्धा चलाउन नेपाल प्रहरीले पेस गरेको अभियोजनपत्रलाई वस्तुनिष्ठ र आवश्यक प्रमाण नपुगेको दाबी गर्दै काठमाडौं सरकारी वकिलको कार्यालयले सुन तस्कर, व्यापारी, र तस्करीको सुन बोक्ने भरिया गरी १३ जनालाईउन्मुक्ति दिएको कारोबार दैनिकले छापेको छ ।
उन्मुक्ति पाउनेहरुमा नागेन्द्र भोटे नागा, सावरमल जोधानी, बालकृष्ण अग्रवाल, आकाशकुमार बज्राचार्य, श्रीराम चौधरी, मोहन चौधरी, विशाल चौधरी, प्रवीण तिमलिस्ना, देउता तिमल्सिना, ध्रुव तिमल्सिना, रामराज चौधरी, नन्दकिशोर चौधरी, सत्यनारायण चौधरी र मिलन चौधरी रहेका छन् ।















प्रतिक्रिया