२७ कार्तिक २०८३, शुक्रबार

सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउन प्रदेश प्रमुख शर्माको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ मंसिर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्ररूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताएका छन् ।

मंगलबार हेटौंडामा आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

लम्बिदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गरे । उनले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गरेका थिए ।