९ कार्तिक २०८३, सोमबार

केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेका छन्: केपी शर्मा ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेका बताएका छन् ।

पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम भइरहेको बताएका हुन् ।

एमालेले जनतालाई भिडाउने काम नगर्ने बताउँदै उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको स्पष्ट पारे ।

जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । उनले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वानसमेत गरे ।