
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीसँग छलफलका लागि देउवा र ओली मंगलबार साँझ बालुवाटार पुगेका थिए ।
तीन शीर्ष नेताबीच शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउने विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा तीनैजना शीर्ष नेताले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।















प्रतिक्रिया