
काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्व प्रहरीमा उजुरी परेको छ ।
प्रसाईविरूद्व धनुषा प्रहरीमा उजुरी परेको हो । प्रसाईंको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो ।
प्रसाईंले राष्ट्रिय गानको अपमान गरेको भन्दै यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोषनकुमार यादवले प्रहरीमा उजुरी दिएका हुन् ।















प्रतिक्रिया