९ कार्तिक २०८३, सोमबार

ललितपुरका विभिन्न स्थानमा पनि ६ महिनाका लागि निषेधाज्ञा जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । ललितपुरका विभिन्न स्थानमा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ६ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।

यसअघि दुर्गा प्रसाईँ र एमालेनिकटक युवा संघले यही मंसिर ७ गतेलाई गर्न लागेको प्रदर्शनलाई केन्द्रीय गरी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।