९ कार्तिक २०८३, सोमबार

सर्वोच्च अदालतको न्यायाधीसमा ६ जनाको नाम सिफारिस, को-को परे सिफारिसमा ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतको न्यायाधीसमा ६ जनाको नाम सिफारिस गरिएको छ । न्याय परिषद्ले न्यायाधिश नियुक्तका लागि ६ जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

अब सिफारिसमा परेकाविरूद्व सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।