
काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले निर्माण गरेको जनपरिचालन कमिटीको विशेष बैठक सम्पन्न भएको छ ।
जनपरिचालन कमिटीका संयोजक धर्मकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यहि मंसिर ७ गते काठमाडौंको तीनकुनेमा हुने युवा विद्यार्थीको जनप्रदर्शनका ५ सय ५५ सदस्सीय परिचालन कमिटी निर्माण गरेको छ । बैठकले युवा विद्यार्थीको जनप्रदर्शनमा व्यापक जनसभागिता जुटाउन लाग्ने निर्णय गरेको कमिटीले जनाएको छ ।
एमाले स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा महासंघका अध्यक्ष पर्शुराम बस्नेत लगाएतको आतिथ्यता रहेको थियो ।
एमाले निकट युवा संघले यहि मंसिर ७ गते बिहान ११ बजे तीनकुनेमा भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध जनप्रदर्शन गर्दैछ ।











प्रतिक्रिया