९ कार्तिक २०८३, सोमबार

माइतीघरमा निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा प्रदर्शन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) निकट युवा संघले मंसिर ७ गते गर्ने प्रदर्शनस्थल परिवर्तन गरेको छ ।

यसअघि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तय भएकोमा प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गरेर तीनकुनेमा गर्ने निर्णय भएको हो ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जानकारी दिएका छन् ।