
काठमाडौं, ४ मंसिर । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि बसेको नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बैठक बिना निष्कर्ष टुगिएको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको नेतृत्वमा बसेको बैठकमा कुनै सहमति जुट्न नसकेको हो ।
बैठकमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वसभामुख ओनसरी घर्ती र माओवादीका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा समेत सहभागी थिए। माओवादी केन्द्रका तर्फबाट दीपेन्द्र पुनलाई मन्त्री बनाउने भनिए पनि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नमानेपछि सहमति जुट्न सकेन।
लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्री मण्डल रहेको छ । यसअघिको सहमति अनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पुराउन २ मन्त्रालय थप गर्नुपर्ने हुन्छ ।
यो सहमति अनुसार माओवादीले ६ महिनाअघि नै रोल्पाका दीपेन्द्र पुन र बाँकेका कृष्णा केसी नमुना लाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । तर, सिजलको विषयमा कांग्रेस प्रदेश सभापतिले यसअघिको गठबन्धनविरूद्व बागी उम्मेदवारी दिएर चुनाव जितेकालाई मन्त्री बनाउन नसकिने भन्दै रोकेका हुन् ।















प्रतिक्रिया