२९ आश्विन २०८३, बिहिबार

ज्ञानेन्द्र, तिमीलाई पाप लाग्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-sharma-belbaseगाई मार्दा पाप लाग्ने देशमा, सिङगो सन्तान र आफ्नै भाई मार्‍यौ तिमीले

निर्मल निवास सम्झेर घुटुघुटु थुक निल्छौ, बसाई नागार्जुन सार्‍यौ तिमीले ।

सम्मान राजसी थियो, आफै सारथी हाँक्ने पहलवानी देखायौ तिमीले
आँशु लाग्छ भनी सराप्छन् सबै, रगत लाग्ने पाप बोकायौ तिमीले ।

छोरा नशामै सँधै राजा भएको देख्छ, कस्तो अचम्मको लत लगायौ तिमीले
बेहोसीमा राजा हुने सपना देख्दा, ईतिहासमैे कालो दाग लगायौ तिमीले ।

रट्टट, भट्टटको दन्त्य कथा, हेर्दाहेर्दै सन्ततिलाई पढ्ने गरायौ तिमीले

हेलिकप्टरबाट लाश झर्‍यो रारामा, स्वच्छतालाई दूषित गरायौ तिमीले ।

Ex-King-Gyanendra-Shaha

आऊ देश बचाऊ भन्दै गुहार्छन् जनता बिचरा, आफ्नै दुर्दशा यस्तो छ
सन्तान सखाप भएर एक्लै बाँचेकी, तिम्री प्यारी प्रियसीको हाल कस्तो छ ।

नातिनी मनमनै सोध्छिन् हजुरबा, वर्तमानमा हाल हजुरको कस्तो छ ?
सिध्याएँ सबै लगाएँ कालो टिका, के भनु लंका हारेको रावण जस्तो छ ।

भैरहवा बहुमुखी क्याम्पस