भीमदत्तनगर, २३ जेठ । मलामी गएका एक युवक आज महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिका–६ कटालका १७ वर्षीय दीपक जोशी महाकालीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता जोशीसहित तीन जना महाकाली नदी तरेर भारततर्फ गएका थिए । महाकाली तरेर वारि फर्कने क्रममा जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता जोशीको खोजीमा नेपाल-भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी जुटेका छन् । रासस















प्रतिक्रिया