
काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) ले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण बिरामी परेर समयमा उपचार नपाएर दश जनाको मृत्यु भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले वृद्ध, दीर्घरोगी, बालबालिका, महिला, सुत्केरीहरूलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दु:ख घटना घटेको उल्लेख गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
एमालेले समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न माग गरेको छ ।
















प्रतिक्रिया