
काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । रास्वपाले निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको जनाएको छ ।
घरदैलोमा जनताका सुझाव र गुनासा सुन्ने कार्यक्रम रहेको छ । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले निर्धक्कका साथ सल्लाह र सुझाव दिएर आफूहरुलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्न अनुरोध गरेका छन् ।











प्रतिक्रिया