६ कार्तिक २०८३, शुक्रबार

बुबाहरु काममा, छोराहरु पौडी खेल्न पोखरीमा गएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । बालबालिकामाथि अभिभावकको रेखदेख नियन्त्रण नहुँदा समस्या आउने गरेको छ ।

त्यो समस्या कपिलबस्तुमा पनि देखिएको छ । कपिलबस्तुको कृष्णनगर नगरपालिका–७ स्थित सार्बजनिक पोखरीमा ३ जना केटाहरु नुहाउने क्रममा सोही ठाउँ बस्ने राजेन्द्रप्रसाद भरको छोरा १२ वर्षीय सुमित भर शनिबार पोखरीमा डुबी मृत्यु भएको छ ।

बुबा काममा गएका बेला उनी पोखरीमा पौडी खेल्न गएका थिए । यस्तै, कैलाली फुलबारी–७ बस्ने नबराज ओझाको छोरा १३ वर्षीय तीर्थराज ओझा फुलबारी–५ मोहना नदीमा नुहाउने क्रममा शनिबार डुबेर असक्त भएपछि तत्काल उद्धार गरी सेती अंचल अस्पताल लगी उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।