२७ कार्तिक २०८३, शुक्रबार

हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बाबुचोकमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

धरान चतरा सडकखण्ड अन्तगर्त शुक्रबार साँझ ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी गोपिनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्कुटर र  स्कुटर चालक हेटौंडा-१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।