काठमाडौं, २३ जेठ । शुक्रबार घरबाटै हराएकी एक बालिकाको शव शनिवार दिउँसो सडक किनारमा भेटिएको छ ।
घरबाटै शुक्रबारदेखि हराएकी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ बस्ने रामबहादुर मोक्तानकी छोरी ११ वर्षीया नम्रता मोक्तान सोही ठाउँस्थित कालापानी सडक छेउमा शनिबार मृत अबस्थामा फेला परेकी छन् ।
यसैगरी मोरङ बिराटनगर उपमहानगरपालिका–१८ स्थित देउराली होटल नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अबस्थामा फेला परेका छन् ।















प्रतिक्रिया