९ कार्तिक २०८३, सोमबार

इफाप्काको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स (इफाप्का) को अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने नाराका साथ इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने जनकारी दिएको हो ।

सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने र मंसिर ७ गते इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने महासंघले जनाएको छ । सम्मेलनमा स्वदेशका १ सय २८ र विदेशका २ सय ४२ गरि ४ सय प्रतिनिधिहरू सहभागी हुने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रमा विभिन्न देशमा भइरहेका अनुभव आदान प्रदान गर्ने, प्रविधिहरूका बिषयमा छलफल हुने जानकारी दिए ।

सम्मेलनअन्तर्गत फाइनान्स कमिटी मिटिङ, बोर्ड मिटिङ, गल्फ कार्यक्रम लगाएत हुने र नयाँ कार्यसमिति चयन हुने महासंघले जनाएको छ ।