
काठमाडौं, १ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने भएको छ ।
सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका छन् ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।















प्रतिक्रिया