९ कार्तिक २०८३, सोमबार

ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ मंसिर । अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालको ल्यापटप चारेको आरोपमा असई रमेश भण्डारी पक्राउ परेका हुन् । भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लगाइएको छ ।

उनीमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।