
चितवन, १ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले तिहारको मौका पारेर दुईवटा गैंडा मारेका छन् ।
तस्करले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी एक सिंगे गैंडा मारेका हुन् । एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा मारेको पाइएको निकुञ्जले जानकारी दिएको छ ।
गैंडालाई खाल्डोमा पारेर मारी खाग र खुर काटेर लगेको पाइएको छ ।















प्रतिक्रिया