
मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-१ रानीसेरामा बारीमा लडेर एकजना वृद्धाको मृत्यु भएको छ ।
बुधबार साँझ आफ्नै घरदेखि करिब २ सय मिटर पर रहेको बारीमा लडेर मकवानपुरगढी-१ की ६२ वर्षीया विष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बम्जनको शव हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया