२७ कार्तिक २०८३, शुक्रबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गरेका छन् ।  नेता पोखरेलले शुभसाइतमा दिदी मेनका पौडेलको हातबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

नेता पोखरेलले दिदी मेनुकालाई पनि शुभसाइतमा टीका लगाइदिए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पाखरेलले भाइटीका लगाएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । उनले अहिले अनुकुल समयमा मात्र नभइ अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि दिदीको हातबाट टिका लगाउँदै आएको सम्झिएका छन् ।

नेता पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘आज मेनका दिदीको हातबाट टीका लगाइयो ! अहिले अनुकुल समयमा मात्र होइन, अत्यन्त प्रतिकुल समयमा पनि, भूमिगत भएर कामगर्दा पनि, दिदीको हातबाट टीका लगाउँदै आएको छु । मेरी दिदी मेरा लागि प्रेरणाकी स्रोत हुनुहुन्छ !’