२७ कार्तिक २०८३, शुक्रबार

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चापागाउँबाट टाखेल जाँदै गरेको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए ।

उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।