२७ कार्तिक २०८३, शुक्रबार

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : राजेन्द्र लिङ्देन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएपनि प्रतिबन्ध भने स्वीकार गर्न नसकिने उल्लेख गरे । ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।’ उनले भनेका छन्, ‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’

टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्रै रहेको भन्दै उनले भोलि एक्स (ट्वीटर) र फेसबुकजस्ता साइट पनि प्रतिबन्ध हुनसक्ने आशंका व्यक्त गरे । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिने उनको भनाइ छ । टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने उनको माग छ ।