१ कार्तिक २०८३, आइतबार

चोरी सिकारीको आरोपमा ४ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २७ कात्तिक । बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ ।

बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आइतबार चारजनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका–१ तेलपानीका ४३ वर्षीय यमबहादुर वली, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर वली र सोही ठाउँकै ३८ वर्षीय दिलबहादुर वली रहेको निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए । उनीहरुलाई आइतबार सार्वजनिक गर्दै वन्यजन्तु ऐनअन्तर्गत कारबाही चलाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।