३० आश्विन २०८३, शुक्रबार

रंगिन दुनियाँमा उदाए आकाश(प्रोमो सहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakash-panthi (1)बटवल । बुटवलमा रहेर विभिन्न सञ्चार माध्यममा आबद्ध रहेका सञ्चारकर्मी आकाश पन्थको पहिलो आधुनिक एल्बम “उनको याद” मा रहेको ‘स्वार्थी रैछ तिम्रो माया मैले जानिन म्युजिक भिडियोको प्रोमो सार्बजनिक भएको छ ।

करिब ५ बर्षदेखि सञ्चार क्षेत्रमा रहेर काम गरेका आकाशले पहिलो एल्बम बजारमा ल्याएका हुन् । जुन एल्बममा गीतको भिडियोमा उनी स्वयंम आफैले पनि अभिनय गरेका छन् । गुल्मीको दिगाम गाबिसमा जन्मेका उनले यसअघि पनि केहि चलचित्र तथा म्यूजिक भिडियोमा आफ्नो कला देखाइसकेका छन् ।

सानै उमेर देखि संगीतको रुचि भएकाले आफूले पहिलो एल्बम बजारमा ल्याएको बताए । यस एल्बममा उनी र कल्पना ‘प्रभाकर’ को संयुक्त शब्द रचना रहेका छन् । बुटवलबाट सांगितिक यात्रा थालेकी आकांक्षा बस्यालको सुमधुर आवाज भरिएको गीतको निर्देशन र सम्पादन बुटवलकै युवा निर्देशक बिष्णु भट्टराईले गरेका हुन् । रुपन्देही जिल्लाका बिभिन्न मनोरम क्षेत्रमा छायांकन गरिएको गीतमा पन्थलाई सागर खनाल, दीप्शा पराजुली र टीका सेन्चुरीले साथ दिएका छन् ।

भिडियोलाई दीपेश डिसीले आकर्षण तरिकाले खिचेका गरेका छन् । संगितकार हेमन्त शिशिरको संगितमा बाँधिएको गीतको सार भने आफ्नै साथीको कारण मायामा घात आएको देखाइएको छ । श्रीनगर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण भएको गीतको पोष्ट प्रोडक्सन् भने अबिरल फिल्मस् प्रालिबाट गरिएको छ । पुरै गीतको भिडियो भने केहि दिनमा बजारमा आउने पन्थले बताए ।

https://www.youtube.com/watch?v=ZKA-4eBZf_4&feature=youtu.be

aakash-panthi (2) aakash-panthi (3)