
मकवानपुर, २५ कात्तिक । मकवानपुरको हेटौंडामा शुक्रबार अचेत अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागश्वती बस्ने २७ भेष बहादुर खड्का रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खड्का घर परिवारसँग छुट्टिएर सोही आफ्नो पुरानो घरमा एक्लै बस्दै आएको थिए । उनी शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया