२७ कार्तिक २०८३, शुक्रबार

रत्नपार्कमा आज २०औँ काग सम्मेलन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शान्ति बाटिकामा रमेश दुलाल कागको आवाज निकालेर काग बोलाउँदै

काठमाडौं, २५ कात्तिक । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको छ ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि काग उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।

दुलालले १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग सम्मेलनपछि सञ्चारकर्मीसँग दुलालले यस वर्ष काग धेरै नआएको बताए ।

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाएका थिए ।