
काठमाडौं, २५ कात्तिक । नेकपा (एमाले)को केन्द्रीय पार्टी स्कुल विभागको १७औं बैठक सुरु भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो । उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले पार्टीको पाठ्यक्रम परिमार्जनलगायत पार्टी पंक्तिलाई स्कुल सञ्चालनका लागि कार्ययोजना बनाउनेछ ।

बैठक आज र भोलि दुईदिनसम्म चल्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।











प्रतिक्रिया