२७ कार्तिक २०८३, शुक्रबार

पाँच एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिले पाँच एसपीको एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई बढुवा सिफारिस भएका हुन् ।