
काठमाडौं, २५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा आफ्नै आवाजको जस्तो गीत सुन्दा अचम्म लागेको बताएका छन् ।
शनिबार बिहान फेसबुकमा लेख्दै उनले टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुन्दा अचम्म लागेको बताएका हुन् ।
आफ्नो आवाजमा आएको उक्त गीत फेसबुकमा सेयर गर्दै अध्यक्ष ओलीले भनेका छन्:
मलाई अचम्म लाग्यो !!
TikTok हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो। ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो । प्रविधिको विकास हुनु राम्रो हो, तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ। प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ।











प्रतिक्रिया