२७ कार्तिक २०८३, शुक्रबार

निर्मल पुर्जाले लिए गैर आवासीय नागरिकता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २४ कात्तिक । हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)ले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पुर्जालाई गैर आवासीय नेपालीको नागरिकता प्रमाणपत्र हस्तान्तरण गरे । अन्नपूर्ण गाउँपालिका –३ दाना जन्मस्थान भई बेलायती सेनामा भर्ती भएका पुर्जाले सेनाको जागिर छाडेर आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै हिमाल आरोहण गरिसकेका छन् ।

आवश्यक सबै प्रक्रिया पूरा गरेपछि गैर आवासीय नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । पुर्जाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर गैरआवासीय नागरिकले प्राप्त गर्ने अधिकार मात्र प्रयोग गर्न प्रतिबद्धता जनाएपछि नागरिकता प्रदान गरिएको प्रजिअ पौडेलले बताए ।

गैर आवासीय नागरिकता लिनेक्रममा पुर्जाले भने, ‘मैले नेपाली नागरिकता बोक्दा केही प्राविधिक रूपमा समस्या भएकाले नेपाली नागरिकता त्यागेर बेलायती नागरिकता लिएको थिएँ, अहिले कानुन बनेपछि मैले गैर आवासीय नागरिकता लिएको हुँ ।’