काठमाडौं, २३ जेठ । शुक्रबार मलेसियामा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या सय पुगीसकेको समाचार एजेन्सीले जनाएका छन् ।
मलेसियामा ८ लाख नेपाली कामदार कार्यरत छन् । भूकम्बाट नेपालीहरु भने सुरक्षित रहेको दूतावासले जनाएको छ । मलेसियामा शुक्रबार बिहान गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कोही पनि नेपाली हताहत नभएको नेपाली दूतावासले जनाएको छ ।
भूकम्पको केन्द्र बिन्दु मानिएको पूर्वी मलेसिया (सवाह र सरावक) मा करिब तीन हजार नेपाली कामदार छन् ।
‘केही व्यक्ति सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ तर पूर्वी मलेसियामा कार्यरत करिब ३ हजार नेपाली कामदारमध्ये कोही पनि हताहत नभएको त्यहाँका रोजगारदाता कम्पनी तथा स्थानीयले दूतावासलाई जानकारी गराएका छन्,’मलेसियास्थित नेपाली दूताबासले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया